जनकपुर-जयनगर रेल सञ्चालनको यस्तो छ तयारी

जनकपुरधाम– करिब डेढ वर्षदेखि किनेर थन्किएको रेल भोलिदेखि सञ्चालनमा आउने भएको छ । नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले चैत १९ गते संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् ।
भारतको राजधानी दिल्लीबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त रुपमा भर्चुअल माध्यमले हरियो झण्डा देखाएर दिनको १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन कार्यक्रमका लागि सीमावर्ती जयनगर र जनकपुरधाममा ठूलो मञ्च निर्माण गरिएको छ । दिल्लीबाट उद्घाटन हुने भएपनि त्यसको दृश्य प्रोजेक्टरको माध्यमले जयनगर स्टेशनमा देखाइनेछ । तर उद्घाटन भएको घोषणा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले उद्घाटन भएको जनकपुरधाममा आयोजित कार्यक्रममा घोषणा गर्ने नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झाले बताए ।
उद्घाटन दृश्य हेर्न विशिष्ट व्यक्तिहरुका लागि जयनगर आवातजावत गर्न दुईवटा बसको व्यवस्था गरेको छ । उद्घाटनपछि ती रेल जयनगरबाट कुर्था जानेछ, सो क्रममा बाटोमा स्थानीय विद्यार्थीले फुलको गुच्छा लिएर स्वागत गर्नेछन् र स्वागत गर्ने ती विद्यार्थीहरुलाई रेलमा चढाएर पुनः फर्किने बेलामा गन्तव्यसम्म पु¥याइने महाप्रबन्धक झाले जानकारी दिए ।
रेल उद्घाटनपछि नियमित सञ्चालनमा आउने बताउँदै महाप्रबन्धक झाले सञ्चालनका लागि नयाँ अध्यादेश अनुसार कर्मचारी व्यवस्थापन लगायतका सबै प्रक्रिया पूरा भइसकेकोले नियमित रुपमै दैनिक दुई पटक सञ्चालन हुने बताएका छन् ।
भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा बनिरहेको छ । जसमध्ये प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ ।
पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार र कर्मचारी र भाडा दर निर्धारणलगायतका सबै व्यवस्थापन भइसकेपछि शनिबारदेखि नियमित रुपमा सञ्चालनमा आउनेछ ।
दोस्रो चरणमा सञ्चालनको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम चलिरहेको छ र तेस्रो चरणको जग्गा अधिग्रहणको काम भइसकेको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग निर्माण गर्ने परियोजना रहेको छ ।
पहिलो चरणमा संचालनका लागि किनेर ल्याइएका रेल डिजेल ईलेक्टिक मल्टिपल युनिट डिजेल र विधुत दुवैबाट चल्ने अवस्थाको रहेको छ । विश्वमै नयाँ मोडेलका रुपमा ती रेललाई तयार गरिएको निर्माण कम्पनीले दाबी गरेको छ । डिपीसी १९०१ र डिपिसी १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका हुन् । प्रतिघण्टा ११० किलोमिटरको स्पीडमा चल्ने सक्ने रेल एक पटकमा १ हजार ३ सय सम्म यात्रीले यात्रा गर्न सक्छन् । एउटै ईन्जिन भएपनि दुबै तर्फबाट चलाउन सकिने रेलको एउटा बोगीमा ७० वटा सिट रहेको छ ।
२० मिटर लामो रेलको ईन्जिनवाहेक एक एसी र २ जेनरल बोगी रहेको छ । प्रति किलोमिटर २ लिटर डिजेलको अभरेज दिने रेलमा आवश्कयता अनुसार थप ४ वटा बोगीसम्म जोडन सकिने निर्माण कम्पनीको दाबी रहेको महाप्रबन्धक झाले बताए । रेलका बोडिङहरुको यात्रीहरुले आफूसँग ल्याउने झोला ब्यागहरु राख्ने स्थान बनाईएको छ भने प्रत्येक बोगीमा शौचालयको व्यवस्था गरिएको छ । एसीबाहेक अन्य जेनरेल बोगीमा ठाउँठाउँमा पंखा लगाईएको छ ।
१९९४ सालमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लग्नका लागि रेल्वे लाइन विस्तार गरेको थियो। त्योबेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो ।
पछि भारत सरकारले १८ वटा बगीसहित वाष्प इन्जिन सहयोग गरेको थियो । २०५१ सालदेखि स्टिम इन्जिनयुक्त रेल संचालनमा आएको थियो । २०६१ माघ रेल बन्द भएको थियो।अहिले नेरोगेजबाट ब्रोडगेजमा परिणत गरिएको हो ।

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

प्रतिक्रिया