दर्शकप्रति विश्वस्त अनमोल केसी

काठमाडौं - अभिनेता अनमोल केसीले नेपाली फिल्म ‘ए मेरो हजुर ४’ स्तरीय बनेको बताउदै दर्शकप्रति विश्वस्त रहेको बताएका छन् । अनमोलले नेपाली फिल्म पछिल्लो समय स्तरीय बनिरहेको प्रतिक्रिया दिँदै भने, ‘तपाईहरूलाई फिल्म हेर्ने र नहेर्ने अधिकार छ । हामीले पनि नाक खुम्च्याउनुपर्ने फिल्म बनाएका छैनौ । म आफैँ पनि युथ भएकाले ढुक्क साथ भन्न सक्छु ।’
उनले आफूलाई स्टारडमभन्दा पनि नेपाली दर्शकप्रति विश्वास रहेको प्रतिक्रिया दिए । ‘नेपाली फिल्मलाई माया गर्ने दर्शक र मलाई यो स्थानसम्म पुर्याउने फ्यानप्रति पूर्ण विश्वत छु’ अनमोलले भने ।
अनमोलझैँ निर्माता सुनिलकुमार थापाले पनि नेपाली फिल्म नै प्राथमिकतामा पर्ने बताए । ‘हामी विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्दैछौं । हामी नेपालमा छौँ । यहाँ त साथ पाउने नै छौँ,’ सुनिलले भने । उनले नेपाली फिल्मलाई दर्शकसम्म पुर्याउन वितरक र प्रदर्शकको साथ चाहिने बताए ।
निर्देशक झरना थापाले पनि स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् । ‘हामीले के कस्तो काम गर्यौं भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ,’ निर्देशक थापाले भनिन् । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय रहेको छ ।

'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१' सकियो

सन्नी देओलको 'हनुमान लुक' सार्बजनिक

दुई दिनमा ४५ करोड बढी कमाएको एउटा फिल्म

ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

साउदी अरबले बनाउने ५ महत्वकांक्षी फिल्म कस्ताे हुनेछ ?

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

प्रतिक्रिया