२० वर्षीया युवतीसहित लागुऔषध काराेबारी प्रहरीको नियन्त्रणमा

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले गैर कानुनी काममा संलग्न रहेका ३ जनालाई नियन्त्रणमा लिएका छन् ।
प्रहरीका अनुसार ६ ग्राम ७५० मिली ग्राम लागुऔषध खैरो हिरोईनसहित सहित ३ जनालाई नियन्त्रणमा लिएको हाे ।
प्रहरीले हेटौडा उप महानगरपालिका वडा नं. २ संगमचोकस्थित सडकमा जाँच गर्ने क्रममा ना ४३ प ८६५१ नं. को मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । हेटौडा उप महानगरपालिका वडा नं. १५ बस्ने २३ बर्षीय राजेश खाती र सोही मोटरसाईकलको पछाडी सवार मकवानपुर राक्सिराङ्ग गाउँपालिका वडा नं. ३ बस्ने २० बर्षीया आयुषा ठकुरीले लुकाई छिपाई ल्याएको २ ग्राम ७५० मिली ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो ।
दुबैलाई लागूऔषध र मोटरसाईकल सहित नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
यसैगरी इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेक पोष्टमा सवारी चेकजाँच गर्ने क्रममा खैरो इरोइन बरामद गरेको छ ।
बीरगञ्जबाट हेटौडा तर्फ आउदै गरेको प्र.३–०२–००६ प २६१४ नम्बरको मोटर साईकलबाट धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका वडा नं.१४ बस्ने २९ बर्षीय बलराम गुरुङ्गले लुकाई छिपाई ल्याएको ४ (चार) ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ । गुरुङको साथबाट लागू औषध नाईट्राभेट १३ ट्याब्लेट फेला परेको रिमालले बताए ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया