बायर्नको शानदार जित, डर्टमण्डको बराबरी

काठमाडौँ : जर्मन बुण्डेसलिगा फुटबलमा साविक विजेता बार्यन म्युनिकले शानदार जित हात पारेको छ । शनिबार राती भएको खेलमा बायर्नले भीएफबी स्टुर्टगाटलाई ४-० गोलले हराएको हो ।
बायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे । यस्तै सर्ज ग्यानब्रेरीले एक गोल गरे । अर्को खेलमा बोरुसिया डर्टमण्डले बराबरी खेलेको छ । शनिबार राती नै भएको खेलमा डर्टमण्डले एफसी कोलोग्नीसँग २-२ गोलको बराबरी खेलेको हो ।
कोलोग्नीका लागि ओन्द्रेज डुडा र इस्मिल ज्याकोबले गोल गरे । डर्टमण्डका एर्लिङ हल्याण्डले दुई गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । २६ खेलबाट ६१ अंक जोडेको बायर्न शीर्ष स्थानमा छ भने डर्टमण्ड ४३ अंकसहित पाँचौ स्थानमा छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया