न्यूजिल्यान्डले नेदरल्यान्ड्सको भ्रमण गर्ने
काठमाडौँ – टेष्ट राष्ट्र न्यूजिल्यान्डले टी–ट्वान्टी सिरिजका लागि नेदरल्यान्ड्सको भ्रमण गर्ने भएको छ । न्यूजिल्यान्डले अगष्ट ४ र ६ तारिखमा घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध दुई खेलको सिरिज खेल्ने भएको हो । न्यूजिल्यान्ड र नेदरल्यान्ड्सबीचको दुबै खेल हेगमा रहेको भुरवर्ग क्रिकेट क्लबमा हुनेछ ।
नेदरल्यान्ड्सका प्रशिक्षक र्यान काम्पवेलले टेष्ट राष्ट्रसँग खेल्न नेदरल्यान्ड्सको लक्ष्य रहेको तथा युवा खेलाडीहरू घरेलु दर्शकको अगाडि प्रदर्शन गर्न उत्साहित रहेको बताए ।
न्यूजिल्यान्डका प्रशिक्षका ग्यारी स्टिडले एसोसियट राष्ट्रको क्रिकेट विकासका लागि टेष्ट राष्ट्रले खेल्नु महत्वपूर्ण रहेको जनाए । स्टिडले नेदरल्यान्ड्सको भ्रमणका लागि आफूहरु उत्साहित रहेको तथा उनीहरूको क्रिकेट विकासका लागि टेष्ट राष्ट्रको योगदान ठूलो हुने उल्लेख गरे ।
अहिले नेदरल्यान्ड्स भने एक खेलको टी–ट्वान्टी र तीन खेलको एकदिवसिय सिरिजका लागि न्यूजिल्यान्डको भ्रमणमा रहेको छ ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया