ग्वार्कोमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ- ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङकरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जन रहेका छन् । ठक्करबाट घाइते उनलाई उपचारको लागि पाटन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार बेलुकी पौने ८ बजे बा २ ख ६५१० नम्बरको ट्याङकरले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्याङकर सहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन् ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया