नेपालले आज मलेसियाविरुद्ध खेल्दै

काठमाडौँ – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दैछ । नेपाल र मलेसियाबीचको खेल त्रिवी क्रिकेट मैदानमा १२ः३० बजे सुरु हुनेछ । लगातार तीन खेलमा जित हात पार्दै फाइनलमा प्रवेश गरिसकेको नेपालले जितलाई निरन्ता दिन चाहन्छ ।
यता मलेसियाका लागि भने नेपालविरुद्धको खेल गर र मरको अवस्थामा हुनेछ किनभने फाइनलमा प्रवेश गर्न मलेसियाले नेपाललाई पराजित गर्नुको विकल्प छैन् ।
सिरिज अन्तर्गत नेपालले तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहदा मलेसिया र पपुवा न्यूगिनीको समान दुई–दुई अंक रहेको छ । तर नेट रनरेटमा पीएनजी भने मलेसिया भन्दा माथि रहेको छ ।
सिरिज अन्तर्गत नै नेपालले मलेसियाविरुद्धको पहिलो खेलमा ६ विकेटको जित हात पारेको थियो ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया