मलेसियाविरुद्ध नेपाल ब्याटिङमा, सोमपालको स्थानमा कमल

काठमाडौँ – त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवी क्रिकेट मैदानमा टस जितेर मलेसियाले नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको हो ।
लगातार तीन खेलमा जित हात पार्दै फाइनलमा प्रवेश गरिसकेको नेपालले जितलाई निरन्ता दिन चाहन्छ । यता मलेसियाका लागि भने नेपालविरुद्धको खेल गर र मरको अवस्थामा हुनेछ किनभने फाइनलमा प्रवेश गर्न मलेसियाले नेपाललाई पराजित गर्नुको विकल्प छैन् ।
सिरिज अन्तर्गत नेपालले तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहदा मलेसिया र पपुवा न्यूगिनीको समान दुई–दुई अंक रहेको छ । तर नेट रनरेटमा पीएनजी भने मलेसिया भन्दा माथि रहेको छ ।
सिरिज अन्तर्गत नै नेपालले मलेसियाविरुद्धको पहिलो खेलमा ६ विकेटको जित हात पारेको थियो । यसैबीच नेपालले प्लेइङ ११ मा एक परिवर्तन गरेको छ । सोमपाल कामीको स्थानमा कमल सिंह ऐरीलाई मौका दिएको छ ।
नेपालको प्लेइङ ११ः
कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, दिलिप नाथ, आदिल अन्सारी र रोहित पौडेल ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_w9YBk6jy3L_yadiuygr6jffhpid7e2vtzwvb1khtzld9kzj9rhoolctqwlknikkdtbgueih.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया