नेपालले मलेसियालाई ८५ रनले हरायो

काठमाडौँ – त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ । त्रिवी क्रिकेट मैदानमा २ सय २४ रनको लक्ष्य पछ्याएको मलेसिया १९ ओभर ५ बलमा अलआउट हुदै १ सय ३८ रनमा समेटियो ।
मलेसियाका लागि विरणदिप सिंहले सर्वाधिक ४७ रनको योगदान गरे । कप्तान अहमद फैजले ३३ रन जोडे ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । दिपेन्द्र सिंह ऐरी र कमल सिंह ऐरीले समान दुई–दुई विकेट हात पारे । कुशल भुर्तेल र रोहित पौडेलले एक–एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २३ रन जोड्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतक पुरा गरे । दिपेन्द्रले ५७ बलमा १ सय १० रन जोड्दा १० चौका र ६ छक्का प्रहार गरे । टी–ट्वान्टीमा दिपेन्द्रको पहिलो शतक हो ।
रोहित पौडेलले ३४ बलमा ५१ रन जोडे । उनको यो पहिलो अर्धशतक हो । आदिल अन्सारीले १४ रन जोडे । ओपनर आशिफ शेख १८ तथा कुशल भुर्तेल १२ रनमा आउट भए ।
मलेसियाका लागि मुहमद वफिक, पवनदिप सिंह, स्याजरुल इदरुस र मुहमद आमिरले एक–एक विकेट हात पारे ।
नेपालले चारवटै खेल जितेर फाइनलको यात्रा तय गरेको छ । नेपालको जितपछि पपुवा न्यूगिनी फाइनलमा प्रवेश गरेको छ । पीएनजी र मलेसियाले समान २ अंक जोडेपनि नेट रनरेटका आधारमा पीएनजी फाइनलमा प्रवेश गरेको हो । फाइनल सोमबार हुनेछ ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया