नेदरल्यान्ड्सविरुद्धको सिरिज न्यूजिल्यान्डले जित्यो

काठमाडौँ – न्यूजिल्यान्डले नेदरल्यान्ड्सविरुद्धको तीन खेलको एकदिवसिय क्रिकेट सिरिज एक खेल अगावै जितेको छ ।
शनिबार ह्यामिल्टनमा भएको दोस्रो खेल १ सय १८ रनले जित्दै न्यूजिल्यान्डले सिरिजमाथि कब्जा जमाएको हो । यस अघि पहिलो खेल न्यूजिल्यान्डले ७ विकेटले जितेको थियो ।
दोस्रो खेलमा न्यूजिल्यान्डले दिएको २ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स ३४ ओभर १ बलमा आलआउट हुदै १ सय ४६ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि बास डि लिडेले सर्वाधिक ३७ रन जोडे ।
न्यूजिल्यान्डका लागि माइकल ब्रेसवेलले सर्वाधिक ३ विकेट हात पार्दा इश सोधी र कायल जामिसनले दुई–दुई विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले कप्तान टम लाथमको अविजित १ सय ४० रनको मदतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६४ रन जोड्यो ।
नेदरल्यान्ड्सका लागि लोगान भान बिकले सर्वाधिक ४ तथा फ्रेड क्लासेनले ३ विकेट हात पारे ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया