हात्तीको आक्रमणबाट महिलाको मृत्यु

चितवन : जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल छिन् ।
इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ बजे जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।
हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो । (रासस)

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

प्रतिक्रिया