‘ए मेरो हजुर ४’को नयाँ गीत सार्वजनिक

काठमाडौँ - वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ए मेरो हजुर ४’ ले फिल्ममा समावेश तेस्रो गीत सार्वजनिक गरेको छ । ‘तिमी र म’बोलको गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत र उदयराज पौडेलको स्वर रहेको छ ।
गीतको ब्याक भोकलमा प्रश्ना शाक्यले साथ दिएकी छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई गायक पौडेल स्वंयमले एरेञ्ज गरेका हुन् । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापाले नृत्य गरेका छन् ।
अभिनेत्री झरना थापा निर्देशित तेस्रो फिल्म ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारको अभिनय रहेको छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।
फिल्मको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया