माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार माधवकुमार नेपालविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसदविरुद्धको मुद्दा न्यायाधीशहरू अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ ।
पार्टीको नीति र निर्देशनविपरीत कामकारबाही गरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालसहित १४ सांसदमाथि कारबाही गरेका थिए । तर कारबाही हुँदा माधव कुमार नेपालले पार्टी विभाजन गरी एकीकृत समाजवादी पार्टी निर्माण गरिसकेको भन्दै पार्टी विभाजनपछि आएको कारबाहीलाई मान्यता दिन नसक्ने भन्दै सभामुख अग्निप्रसाद सापकोटाले उनीहरूलाई सांसदको मान्यता दिएका थिए ।
एमालेले गरेको कारबाहीलाई मान्यता नदिएपछि अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलगायत विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया