अनमोलको स्टारडममा हैन पूरा फिल्ममा भरोसा छ

काठमाडौँ - निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’मा अनमोल केसी वा सुहाना थापाको भन्दा स्टारडम भन्दा फिल्ममा ज्यादा भरोसा रहेको बताएकी छिन् । आइतबार पत्रकारसँग कुरा गर्दै झरनाले फिल्म राम्रो नहुँदासम्म कसैको पनि स्टारडमले पनि काम नगर्ने र फिल्म राम्रो हुँदा नै त्यसले दर्शकलाई हलसम्म तान्न प्रेरित गर्ने बताएकी छिन् ।
‘निश्चय नै अनमोल नेपाली फिल्मको स्टार हो, यसमा शंका छैन । यसले निश्चय नै फिल्मको भ्यालु थपेको छ । तर निर्देशकको रुपमा भन्नु पर्दा यो फिल्मले जुन इन्टरटेनिङ भ्यालु बोकेको छ,मलाई त यही नै स्टार लाग्छ,’ उनले भनिन् ।
निर्माता सुनिलकुमार थापाले पनि आफूले बनाएका दर्जन बढी सिनेमामध्ये ‘ए मेरो हजुर ४’ सबैभन्दा उत्कृष्ट रहेको दाबी गरे । आफूले बनाएका धेरै सिनेमा हिट नै रहेका भए पनि ‘ए मेरो हजुर ४’ खास रहेको उनको भनाइ थियो ।
‘म अहिले यत्ति चैँ घमण्डका साथ भन्न सक्छु, मैले बनाएका सिनेमामध्ये यो उत्कृष्ट छ । हलमा आएको मान्छेले यो फिल्म मन नपराउने कल्पना पनि गर्न सक्दिन,’ निर्माता थापाले भने । उनले फिल्मसँगै अनमोलको पनि तारिफ गरे । उनले ‘ए मेरो हजुर ४’मा अनमोलले गरेको कामले उनको अभिनयलाई लिएर हुने आलोचकको मुख बन्द गर्ने आत्मविश्वास व्यक्त गरे ।
‘अनमोलले पनि अहिलेसम्म गरेको अभिनयमध्ये यसमा गरेको काम उत्कृष्ट छ । यो फिल्मपछि तपाईंहरूले अनमोलको नयाँ स्वरुप देख्नुहुन्छ,’ उनको भनाइ थियो ।
अभिनेता अनमोल केसीले भने ‘ए मेरो हजुर ४’मा नयाँ कथा नभए पनि भएको कथालाई राम्ररी प्याकेजिङ गरिएको बताए ।
‘कथाको हिसाबले यो कुनै नयाँ फिल्म हैन तर यसमा जसरी कथालाई प्याकेजिङ गरिएको छ, त्यसले यो फिल्मलाई इन्टरटेनिङ बनाएको छ,’ उनले थपे, ‘भोलि मैले फिल्ममा के कति काम गरेको छु भन्ने कुरा त रिलिजपछि आउला । तर कलाकारको रुपमा चैँ थोरै इभल्भ भएको महसुस गरेको छु ।’
यो फिल्ममा सुहाना थापाले अनमोल केसीको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् । घरेलु ब्यानरबाट लगाभग दुई फिल्म खेलेकी उनले फिल्म भित्र नेवारी युवतीको भूमिका निर्वाह गरेकी छिन् । ट्रेलरमा देखिएका दृश्यका आधारमा उनले नेवारलाई स्टेरियोटाइप्ड तरिकाले चित्रण गरेको टिप्पणाी खेपिरहेकी छिन् । सुहानाले ट्रेलर हेरेर त्यस्तो धारणा बने पनि फिल्म हेर्दा त्यो गुनासो नरहने जिकिर गरिन् ।
‘अब ट्रेलर हेरेर कसैलाई त्यस्तो धारणा आउन पनि सक्छ तर हामीले सकभर स्टेरियोटाइप्ड नलागोस् भनेर नै काम गरेका छौँ,’ उनले भनिन्, ‘ अझ हामीले त सेटमा नेवारी भाषाको एक्स्पर्ट राखेर नै काम गरेका हौँ । सुरुमा मेरो चरित्रले नेवारी नै धेरै बोल्ने कि भन्ने थियो । त्यो स्वभाविक हुन्न भनेर नेवारी विज्ञकै सल्लाहामा नेपाली धेरै बोलेका छौँ । उहाँका अनुसार आजभोलि कसैले पनि पुरै नेवारी बोल्दैन रे ।’अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया