गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन समिति गठन

काठमाडाैँ – कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनका लागि गृह कार्य सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक सल्लाह तथा सुझाव सङ्कलनका लागि समिति गठन गरेको छ ।
मन्त्रालयका सह–सचिव एवं प्रवक्ता डा टोकराज पाण्डेको संयोजगत्वमा गठित पाँच सदस्यीय समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल सदस्य सचिव तथा पर्यटन बोर्डका निर्देशक हिक्मतसिंह ऐर, नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर निलविक्रम थापा र विशेषज्ञका तर्फबाट सुरेन्द्र बोहरा सदस्य रहेकाे मन्त्रालयले जनाएको छ ।
उक्त समितिले गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्थलगत अध्ययन गर्ने तथा सो क्षेत्रका स्थानीयवासी, नागरिक समाजलगायतसँग छलफल र परामर्श गरी प्रतिवेदन बुझाउने निर्णय भएको संयोजक पाण्डेले जानकारी दिए ।
अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सामाजिक, आर्थिक तथा प्राविधिक विषयमा विभिन्न निकाय, समाजसेवी तथा स्थानीयसँग छलफलगरी १५ दिन भित्र प्रतिवेदन पेश गर्नेछ । उक्त विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन एक अर्ब विनियोजन गरिएको छ ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया