केही गर्न नसक्नेहरु भ्यूटावर बनाएको विरोध गर्छन् : ओली

काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही गर्न नसक्नेहरुले विकास, निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेको बताएका छन् ।
अध्यक्ष ओलीले काँग्रेस नेता शेखर कोइरालाप्रति संकेत गर्दै भ्यूटावरको विरोध गरेर केहीले विकास निर्माणकै कामको विरोध गरेको बताएका हुन् ।
आइतबार काठमाडौंमा पार्टीको सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा कार्यक्रममा बोल्दै उनले हामीले बनाएका भ्यूटावरहरु हाम्रा सभ्यता, विकास र आर्थिक क्रियाकलापका केन्द्र भएको दावी गर्दै विकासको त्यो मोडेललाई नबुझ्नेहरुले त्यसो नगर्ने प्रतिज्ञा गर्न आग्रह गरेको बताए ।
केहीलाई धराहरा बनाएको भतभती पोलेपनि आफूहरुलाई भने गर्वको महसुश हुने गरेको उनले बताए । अध्यक्ष ओलीले धरहरा एउटा भ्यू टावर भएको र त्यो राष्ट्रको पहिचान, गौरव र इतिहास भएको स्मरण गराए ।
उनले भने, ‘अहिले एकखालको भ्यू टावर विरोधीहरुले हल्ला चलाएका छन । मलेसियामा महाथिरले त्यो टव्ीन टावर बनाएका थिए । त्यो बनाएका बेला महाथिर पागल होकि क्या हो ? यो गरिब देशको सारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर बनायो भन्ने ठूलो आलोचना थियो । त्यो भ्यू टावर अहिले मलेसियाको भ्यूटावर व्यापारिक केन्द्र, अर्थतन्त्रको केन्द्र तिनै भ्यू टावरहरु हुन । अमेरिकाले भ्यू टावर बनाउँदा पनि अनावश्यक भनेका थिए, कतिपय मानिसले । त्यो भ्यू टावर सेप्टेम्वर ११ को घटनाबाट खत्तम भयो । त्यो अमेरिकाको मात्रै होईन् विश्व बजार केन्द्र थियो । मलेसियाका त्यस्तै । हामीले बनाएका भ्यू टावरहरु सभ्यताका, विकासका, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्रहरु हुन । हाम्रा पर्यटनका स्थलहरु हुन । हाम्रो आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने कुराहरु हुन । तर केही मान्छे बुझ्दैनन् र के भन्छन भने–अब उनीहरुको पार्टीको नाम लिएर हाम्रो पार्टीले अब यो भ्यू टावर बनाउन्न भनेर कसम खानुपर्नेछ । प्रतिज्ञा गर्नु पर्नेछ भन्दै हिँडछन । उहाँहरुको पार्टीले विकास निर्माण नगर्ने कुरामा त धर्म भाकेकै छ नि त । प्रतिज्ञा गरेकै छ त–विकास, निर्माण नगर्ने ।`
अध्यक्ष ओलीले पार्टीले स्थापना गरेको सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने पटकपटक दोहो¥याए । उनले जनताको सेवा गर्ने उद्देश्यका साथ स्थापना गरिएको केन्द्रका लागि पार्टीका ८ लाख ५५ हजार बढी संगठित सदस्यहरुले सय रुपैयाँका दरले सहयोग गर्दा पनि केही करोड हुने बताए ।
कार्यक्रममा ओलीले सो केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवम् उद्योगी मोति दुगडलाई तोकिएको पनि घोषणा गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया