श्रीमती हत्या आरोपमा पक्राउ

धनगढी : डडेल्धुरामा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका-५ ठाँटाका २९ वर्षीय श्याम साउदले २८ वर्षीय श्रीमती मनिषा साउदको हत्या गरेको आरोप लागेको हो ।
डडेल्धुराका प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार श्यामले काठ चिर्पटले हिर्काएर मनिषाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । ‘शनिबार दिउँसो ३ बजे साउँदले श्रीमतीको हत्या गरेर स्थानीय प्रहरी चौकीमा ७ बजे आँफैले फोन गरेका थिए,’ चन्दले भने, ‘श्रीमतीको हत्या आरोपमा साउँदलाई शनिबार राति नै पक्राउ गरिएको छ ।’
श्रीमान् श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको चन्दले बताए ।
प्रहरी समक्ष श्यामले आफैं हत्या गरेको स्वीकार गरेका छन् । मृतक मनिषाका एक छोरा र एक छोरी छन् । मृतक मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया