‘नलाऊ माया दुईतिर.. भनेर गीत गाउनेहरू तीनतिर पो भइयो'

काठमाडौँ - जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता बर्षमान पुन र राप्रपा नेतृ तथा नायिका रेखा थापाबीच सोमबार विमानस्थलमा जम्काभेट भेट भयो । एयरपोर्टमा तीन जना एक साथ बसेको तस्बिर डा. भट्टराईले सामाजिक सन्जालमा राखेका छन् ।
एक ताका माओवादीमै रहेका तीन जनाबीचको जम्काभेटपछि बाबुरामले ‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर भएको भन्दै ठट्टा गरेका छन् । एकताका एक साथ रहेका उनीहरू अहिले भने तीनै जना तीन पार्टीमा छन् । भट्टराई जसपा, पुन माओवादीमै र रेखा थापा राप्रमा छिन् ।
'एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू बर्षमान पुन र रेखा थापासॅग जम्काभेट !' फोटो पोष्ट गर्दै उनले लेखेका छन्, '‘नलाऊ माया दुईतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो!

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया