स्याङ्जामा पुल भत्किँदा ८ जना घाइते, २ को अवस्था गम्भीर

पोखरा- स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ ।
चापाकोट नगरपालिका- ८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झरेको र उक्त सामानसहित पुलको केही भाग झरेर कामदारलाई लागेको हो ।
स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरुको पाल्पामा उपचार भइरहेको छ । पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको उनले बताए ।
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया