सगरमाथा चढ्दै गायक राजु लामा र अभिनेत्री दीया पुन
काठमाडौँ - गायक राजु लामा र अभिनेत्री दीया पुनले सगरमाथा आरोहणका लागि तयार भएका छन् । सोमबार उनीहरूले पत्रकार सम्मेलन गर्दै आफूहरू आरोहणका लागि निस्कन लागेको जानकारी गराएका हुन् ।
अभिनेत्री दीया पुनले ६ तारिखबाट आरोहण यात्रा थाल्नेछिन् भने राजु लामाले १० तारिखबाट बेस क्याम्पको यात्रा थाल्ने जानकारी गराएका छन् । अभिनेत्री दीया पुनले विश्वकै अग्ला सात हिमाल चढ्ने लक्ष्य रहेको र यही लक्ष्यअनुसार सगरमाथा चढ्न लागेको जानकारी गराइन् ।
उनले एलिट एक्सपेडिसनसँग मिलेर सगरमाथा आरोहण गर्नेछिन् । एलिट एक्सपेडिसन निम्स पूर्जाको कम्पनी हो । निम्स भर्खरै नेटफ्लिक्सको ‘१४ पिक्स’ फिल्ममार्फत विश्वभर छाएका थिए ।
गायक राजु लामाले वातावरण परिवर्तनका असरबोर जनचेतना जगाउन पनि आफू हिमाल आरोहण गर्न लागेको बताए । उनले आरोहणकै दौरानमा कन्सर्ट गर्न लागेको पनि जानकारी गराएका थिए ।
अभिनेत्री दीया पुनले ‘वीर विक्रम’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । उनको अभिनय रहेको पछिल्लो फिल्म ‘मन्त्र’ वैशाख १६ मा रिलिज हुँदैछ ।
राजु लामा र दीयाले फरक फरक दिनमा यात्रा गरे पनि बेस क्याम्पमा भेट्न सकिने बताए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया