न्युजिल्यान्डद्वारा सिरिज क्लिनस्विप
काठमाडौँ – न्युजिल्यान्डले नेदरल्यान्ड्सविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज क्लिनस्विप गरेको छ । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीय १ सय १५ रनले जित्दै सिरिज क्लिनस्विप गरेको हो ।
तेस्रो खेलमा जितका लागि ३ सय ३४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४२ ओभर ३ बलमा अलआउट हुदै २ सय १८ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि स्टेफन माइवर्गले सर्वाधिक ६४ रन जोडे । लोगान भान बिक ३२ रनमा आउट भए । न्युजिल्यान्डका लागि म्याट हेनरीले सर्वाधिक ४ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले विल योंग र मार्टिन गुप्टीलको शतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ३३ रन जोड्यो ।
विलले १ सय २० रन जोड्दा मार्टिनले १ सय ६ रनको योगदान गरे । नेदरल्यान्ड्सका लागि फ्रेड क्लासेन, लोगान भान बिक, क्लेटोन फ्लोयड र आर्यन दत्तले समान दुई–दुई विकेट लिए

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

प्रतिक्रिया