ट्रकबाट ओसार्दै गरेकाे ९० किलो गाँजासहित एक जना नियन्त्रणमा

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले ट्रकमा ९० किलो लागुऔषध गाँजा ओसार्दै गरेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुर मनहरी गाउँपालिका ६ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डबाट ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार चितवन जिल्लाबाट मकवानपुर मनहरी तर्फ आउदै गरेको BR-25GA3092 नम्बरको भारतीय ट्रकलाई नियन्त्रणमा लिएको हो ।
उक्त ट्रकको क्याविनको भागमा फल्स बटम बनाई गाँजा लुकाई ल्याएको फेला परेको रिमालले बताए । ट्रकका चालक भारत मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलिलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया