नागरिकताको समस्या छिट्टै सामधान हुन्छ : मन्त्री खाण

दमौली - गृहमन्त्री बालकृष्ण खाणले नागरिकताको समस्या छिट्टै सामधान हुने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिले आज आयोजना गरेको आमसभामा उहाँले मधेसमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार्दै नेपालमा जन्मेर हुर्किएकालाई नागरिकताबाट वञ्चित नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
कानुनको अभावका कारण नागरिकता वितरणमा केही समस्या रहेको र त्यो समस्या अब छिट्टै समाधान हुने उनको दाबी थियो ।
नागरिकतासम्बन्धी कानुन निर्माणको प्रस्ताव सदनमा रहेको भन्दै उनले राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा लागि परेको जानकारी दिए ।
नागरिकता ऐन बनिसकेपछि पालिकास्तरमै टोली खटाएर नागरिकता वितरण गर्ने सरकारको सोच रहेको उनले प्रष्ट पारे । मन्त्री खाँणले मधेसी जनता नेपालको सच्चा राष्ट्रवादी भएको बताए ।
उनले मधेसी जनताले नेपालको भूमि र सीमाको पहरेदारी गरेर रक्षा गरिरहेका बताउँदै धन्यवाद ज्ञापन गरे । मन्त्री खाणले भने, `भूमिको सुरक्षा मधेसकै दाजुभाइ दिदीबहिनीले गरिरहेको तथ्यलाई कसैले बिर्सिन हुँदैन ।`

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया