खोटाङका ३५ मतदानस्थल अतिसंवेदनशील

खोटाङ - आगामी वैशाख ३० गते देशभर एकैसाथ सञ्चालन हुने स्थानीय तहको निर्वाचनअन्तर्गत खोटाङमा १३६ मतदानस्थल र १९४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये ३५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ४३ वटा सामान्यमा राखिएको छ ।
सुरक्षा संयन्त्रको पहुँच, विगतका घटना र भौगोलिक विकटताको आधारमा जिल्लामा तीन समूहमा वर्गीकरण गरेर शान्ति÷सुरक्षाको व्यवस्था मिलाउने तयारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए ।
मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि जिल्लामा कार्यरत सुरक्षाकर्मी तथा म्यादी प्रहरी अभाव हुने भएकाले थप सुरक्षाकर्मी सम्बन्धित निकायमा माग गर्ने तयारी गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २४ मतदानस्थल र ४४ मतदान केन्द्र, हलेसी तुवाचुङ नगरपालिकामा १८ मतदानस्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै केपिलासगढी गाउँपालिकामा १३ मतदानस्थल र १५ मतदान केन्द्र, ऐँसेलुखर्क गाउँपालिकामा १३ मतदानस्थल र १५ मतदान केन्द्र, रावाबेँसी गाउँपालिकामा १० मतदानस्थल र १४ मतदान केन्द्र, साकेला गाउँपालिकामा आठ मतदानस्थल र १२ मतदान केन्द्र, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ मतदानस्थल र १८ मतदान केन्द्र, खोटेहाङ गाउँपालिकामा १५ मतदानस्थल र २१ मतदान केन्द्र, बराहपोखरी गाउँपालिकामा १० मतदानस्थल र १३ मतदान केन्द्र तथा जन्तेढुङ्गा गाउँपालिकामा १२ मतदानस्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

करेन्ट लागेर माओवादी गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइते

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै
तीनतलेका किसानले व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

प्रतिक्रिया