कर्णाली प्रदेशसभामा तीन विधेयक टेबुल, एक पारित

कर्णाली - कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको १७औँ बैठकमा तीन विधेयक टेबुल गरिएको छ । सभामुख राजबहादुर शाहीले आजको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले विधेयक टेबुल गर्न समय दिए ।
कानुनमन्त्री शाहीले ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक,’ ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरुको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभासमक्ष टेबुल गरिएको छ ।
त्यसैगरी उनले ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सभासमक्ष टेबुल गरेका थिए ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले कर्णाली ‘प्रदेश आर्थिक कार्यविधिको संशोधन विधेयक, २०७८’ सामान्य छलफलका लागि सभामा प्रस्ताव गरे ।
उक्त विधेयकमाथिको छलफल भएसँगै उपसभामुख पुष्पा घर्तीले विधेयकमाथि संशोधनको सूचना पेस गर्न ७२ घण्टाको समयसीमा प्रारम्भ भएको जानकारी दिए ।
प्रदेशसभाको आजको बैठकमा ‘प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७८’ सर्वसम्मत पारित भएको छ । अर्को बैठक चैत २२ गते दिउँसो १ बजे हुनेछ ।

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

प्रतिक्रिया