प्रदेश-१ मा आइतबारदेखि सार्वजनिक सवारी साधन बन्द हुने

सुनसरी : प्रदेश-१ मा कार्तिक २३ गतेबाट सम्पूर्ण सार्वजनिक यातायात अनिश्चितकालीन रुपमा बन्द हुने भएको छ । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश-१ ले इटहरीमा पत्रकार सम्मेलन गर्दै आइतबारबाट प्रदेशभर तीन पाङ्ग्रेदेखि माथिका सबै सार्वजनिक सवारी साधनहरु बन्द गर्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ, १ नम्बर प्रदेशका महासचिव रमेश खत्रीले कोभिड-१९ भाइरसका कारण सिर्जना भएको समस्याको सुनुवाई नभएकाले विरोध स्वरूप सवारी बन्द गर्नु परेको बताए ।
सरकारले आँखामा पट्टि बाँधेर यातायात व्यवसायीहरुलाई सधै उपेक्षा गरेको भन्दै अन्तिम विकल्पको रुपमा सवारी साधनहरु बन्द गरेर हडताल गर्ने पक्षमा पुगेको खत्री बताए । खत्रीले अन्य सबै प्रदेशमा कर छुट गरेको भएपनि प्रदेश १ सरकारले कुनै सहुलियत नदिएको प्रष्ट पारे ।
उनले भने,‘सबै प्रदेशमा कर छुट गरेको छ तर हाम्रो प्रदेशमा भने छैन, मुख्यमन्त्रीले आश्वासन मात्र दिनभयो, पुरा गर्नुभएन ।’ उनले यातायात क्षेत्रलाई सरकारले अति प्रभावित क्षेत्रमा समेत नराखेको बताउदै मौद्रिक नीतिमा समेत आफूहरुलाई झुक्याउने काम भएको जानकारी दिए ।

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_hlzwkuGxbm_rwbiqyckjxyyp3o8ghpaandfqmgbmhq6yyqmycj0snxoaqdjvt7scenpqzlg.jpg)
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

मधेशमा डिपबोरिङ जडान सुरु

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

लहानस्थित खुट्टी नहर सञ्चालन गर्न माग

प्रतिक्रिया