मिस्टर नेपालमा भिड्दै ३६ युवा

काठमाडौंँ - ‘मिस्टर नेपाल २०२२’ मा ३६ युवाबीच प्रतिस्पर्धा हुने भएको छ । छनोट चरणको अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् । छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा जुटिरहेको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।
‘मिस्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागिता रहेको प्रतियोगितामा देशभरबाट सहभागी छन् । प्रतियोगितामा काठमाडौँबाट एलिस गिरी, स्वराज श्रेष्ठ, प्रविन बिके, रोनिस खड्गी, प्रसन्न राई, सृजन पाठक, विकाश गमाल रहेका छन्, काभ्रेबाट आकाश भैला, विशाल महत, योगेश लामा तामाङ, जीवन गिरीले भाग लिएका छन् ।
त्यस्तै आयुष खड्का धनुषा, कुसल नहर्की धादिङ, समिप शाही कैलाली, आयुष ढकाल, नुतन श्रेष्ठ, विशाल कटुवाल, सविन श्रेष्ठ मोरङ, ईश्वर बोगटी, प्रकाश श्रेष्ठ सिन्धुपाल्चोक, कपालिक खनाल काभ्रेपलान्चोक, खिमराज शर्मा, सुरज आले बाँके, रुपेश महत्तो ललितपुर, रुपेश दाहाल, मानस कुमार राई ओखलढुङ्गा, डा. नरोतम तिवारी, प्रेम चन्द्र मण्डल पर्सा, प्रसिद्ध खाँड रुपन्देही, संजय पनेरु चितवन, नविन श्रेष्ठ नुवाकोट, अभिषेक चुडाल झापा, कैलास रावत कैलाली, दिपेन्द्र कुमार शर्मा सर्लाही रहेका छन् । यसपटक प्रतियोगितामा डाक्टर, इन्जिनियर, अभिनेता लगायत ब्यक्तित्वको समेत सहभागिता रहेको नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
प्रतियोगी अहिले अन्तिम प्रतिस्पर्धाको तयारी स्वरुप फिजिकल फिटनेस, मोटिभेसन सेसन, स्टेज पफमेन्स, पब्लिक स्पिकिङ, कम्युनिकेसन स्किल लगायतका विभिन्न विषयमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य लगायतबाट प्रशिक्षण लिइरहेका छन् । प्रतियोगिताको कोरियोग्राफर प्रशान्त ताम्राकार हुन् ।
युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्य रहेको प्रतियोगिताको फाइनल स्पर्धा आगामी वैशाख ३ गते आयोजना हँुदैछ । प्रतियोगितामा आफूमा मनपरेको प्रतियोगीलाई जिताउन इसेवामार्फत मिस्टर नेपाल सर्च गरेर भोटिङसमेत गर्न सकिनेछ ।
आगामी वैशाख ३ गते अन्तिम स्पर्धा हुने प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ मा सहभागिताको अवसरको अलावा ५ लाख नगदसहित विभिन्न ब्रान्डको ब्रान्ड एम्बेसर, फेस अफ ब्रान्ड, विज्ञापन, म्युजिक भिडियो र फिल्ममा अभिनयको अवसर प्राप्त गर्नेछन् ।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया