हिन्दी डबलाई नै करोड–करोड तिर्दै नेपाली वितरक, १ करोड १५ लाखमा भित्रियो ‘केजीएफ २’

काठमाडौँ - भारतीय सिनेमाको नै इतिहास बदल्ने ‘बाहुबली’ नेपालमा जम्मा ८ लाख नेपाली रुपैँयामा नेपाल भित्रिएको थियो । हाल अस्तित्वमा नरहेको दर्शना आर्टस्ले किनेको यो फिल्मले वितरकलाई १ करोड बढी मुनाफा दिएको चर्चा थियो ।
नेपालमा दक्षिण भारतीय फिल्मको बजार बढाउने ‘बाहुबली’ ‘ब्रेक थ्रु’ फिल्म थियो । त्यसयता दर्शक र वितरकका बीचमा दक्षिण भारतीय फिल्मको मोह ह्वात्तै बढेको छ । दुई हप्ताअघि रिलिज भएको ‘आरआरआर’ले नेपाली बक्स अफिसबाट मात्र १० करोड हाराहारी ग्रस गरिसकेको छ । यसअघि हिन्दीमै डब गरिएको तेलगु भाषाको फिल्म ‘पुष्पा’ले नेपालबाट ११ करोड हाराहारी व्यापार गरेको थियो ।
यही सफलताको भनक पाएर नेपाली वितरकले हिन्दी डबिङका दक्षिण भारतीय फिल्म महंगो मूल्य तिरेर उठाउन थालेका छन् । नेपाली वितरकले पछिल्ला दुई दक्षिण भारतीय फिल्म १ करोडभन्दा बढी भारतीय रुपैँयामा नेपाल ल्याएका छन् ।
इकागजलाई प्राप्त सूचनाअनुसार अहिले हलमा चलिरहेको ‘आरआरआर’का लागि वितरक गोपीकृष्ण मुभिजको भगिनी कम्पनी ए एट फिल्म्सले १ करोड भारुमा नेपाल वितरण अधिकार लिएको थियो । अहिले ‘केजीएफ २’का लागि सोही कम्पनीले १ करोड १५ लाख भारु तिरेको खबर छ । यो पैसालाई नेपाली रुपैँयामा रुपान्तरण गर्दा १ करोड ८५ लाख रुपैँया हुन आउँछ ।
‘केजीएफ २’ ले नेपालबाट यो पैसा उठाउन ६ करोड हाराहारी ग्रस गर्नुपर्ने हुन्छ । अघिल्लो भागले काठमाडौँमा ठीकै व्यापार गरे पनि काठमाडौँबाहिर खासै राम्रो कारोबार गर्न सकेको थिएन । अहिले चलिरहेको ‘आरआरआर’ले को पनि काठमाडौँबाहिरको दोस्रो हप्ताको व्यापार तुलनात्मक रुपमा निकै कम छ ।
‘केजीएफ २’लाई पनि यो पटक लगानी उठाउन राम्रै कसरत गर्नुपर्ने देखिन्छ । ‘केजीएफ २’ले घरेलु फिल्म ‘ए मेरो हजुर ४’सँग पर्दा बाँड्नु पर्नेछ भने यही मितिमा मल्टिप्लेक्स चेन क्युएफएक्सले पनि अंग्रेजी फिल्म ‘फ्यान्टास्टिक बिट्स’ पनि ल्याउने तय छ । पछिल्लो समय वितरकलाई हिन्दी फिल्म ल्याउनभन्दा पनि हिन्दी डब ल्याउन महँगो पर्न थालेको छ । नेपाली वितरकले धेरै जसो हिन्दी फिल्म २० लाख भारुदेखि ७०÷८० लाखको हाराहारीमा ल्याउँदै आएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया