एएफसी फुटसल छनोट खेल्ने टिमको विदाई

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी फुटसल एसिया कप छनोट खेल्न कीर्गिस्तान जाने नेपाली फुटसल टोलीको बिदाई गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा मंगलबार नेपाली फुटसल टोलीको बिदाई गरिएको हो । नेपाली टोली मंगलबार नै कीर्तिस्तान प्रस्थान गर्दैछ ।
नेपालले छनोट अन्तर्गत पहिलो खेल उजबेकिस्तानविरुद्ध अप्रिल १० मा खेल्नेछ । दोस्रो खेल ताजिकिस्तानविरुद्ध अप्रिल ११ तथा तेस्रो खेल अफगानिस्तानविरुद्ध अप्रिल १२ मा खेल्ने तालिका रहेको छ । सबै खेल कीर्गिस्तानको बिसकेकमा रहेको गाजप्रोम स्पोर्टस कम्पलेक्समा हुनेछन् ।
नेपाली फुटसल टिमः
अनिश श्रेष्ठ, विश्वास पौडेल, आदिल हमिद, विजय श्रेष्ठ, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, कृजल खड्का, मनी कुमार लामा, रोशन छन्त्याल, सरोज तामाङ, सुमित श्रेष्ठ, सुरुज गुरुङ र उर्केन जाङ्बु शेर्पा ।
गौरब बस्नेत मुख्य प्रशिक्षक हुन् ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया