उम्मेदवार सिफारिस गोप्य राख्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय कार्यलयले स्थानीय तहका लागि उम्मेदवार सिफारिस गोप्य राख्न भन्दै टेलिफोन गरेको छ ।
केन्द्रबाट नै पाँचदलीय गठबन्धनसहित निर्वाचनमा जाने निर्णय गरेको कांग्रेसले केही समयअघि छिट्टो भन्दा छिट्टो उम्मेदवार टुंगो लगाउन सर्कुलर गरेको थियो ।
सिन्धुपाल्चोकका जिल्ला सभापति जंगबहादुर लामाले केन्द्रीय कार्यालयबाट अहिलेलाई उम्मेदवार भएर आएकाको सिफारिस गोप्य राख्नु र बाँकी सिफारिस अहिले तत्काल नगर्नु भनेको बताए । उनले भने, `अहिले जहाँ बाट जे आएको छ सबै त्यतिकै राख्नु थप केही प्रक्रिया अगाडि नबढाउनु भनेर टेलिफोन आएको थियो ।`
कांग्रेस केन्दीय कार्यलय स्रोतले टिकट सिफारिस गरेपनि टिकट कसले पायो भन्ने कुरा गोप्य राख्न जिल्ला सभापतिहरुलाई निर्देशन दिएको बताएको छ । स्रोतले भन्यो, `सबै प्रक्रिया पूरा गर्नु तर टिकटका बारेमा कतै केही नभन्नु मात्रै भनेको हो ।`
स्थानीय तहको निर्वाचनको मनोनयन गर्ने मिति वैशाख ११ लाई तोकिएको छ । कांग्रेसले वैशाख १ गतेसम्म उम्मेदवार टुंगो लगाउन परिपत्र गरेको थियो । तर तत्काललाई यो प्रक्रियापनि रोक्न भनिएकोलेकांग्रेसले उम्मेदवार टुंगो लगाउन अझै ढिला हुने देखिएको छ ।
कांग्रेसको विधानले वडाध्यक्ष तथा सदस्यको टिकट प्रतिनिधिसभा क्षेत्रीय समिति,गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टिकट जिल्ला संसदीय समिति, नगरपालिका र उपमहानगरपालिकाको टिकट प्रदेश संसदीय समिति र महानगरपालिकाको टिकट केन्द्रीय संसदीय समितिले दिने व्यवस्था छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया