क्रोयसिया, पोल्याण्ड, हंगेरीलगायत देशकालागि व्यक्तिगत श्रम स्वीकृति पुनः सुरु

काठमाडौं – युरोपलगायत देशहरूकालागि सरकारले रोकेको व्यक्तिगत श्रम पुनः सुरु गरेको छ । श्रम स्वीकृति पुनः सुरु हुनेमा देशमा क्रोयसिया, अल्वानिया, पोल्याण्ड, स्लोभाकिया, हंगेरी, माल्दोभा र वेलारुस छन् ।
व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने यी देशहरुमा धेरै नेपाली अलपत्र परेपछि ती देशहरुमा केही समयलाई व्यक्तिगत श्रम स्वीकृति स्थगन गरिएको थियो । व्यक्तिगत श्रम स्वीकृति लिई जाने प्रकृयालाई सम्बाेधन गर्दै थप व्यवस्थित गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज बैठक बसेको थियो ।
श्रम स्वीकृति लिने प्रकृयासम्वन्धी निर्देशिका–२०६९ को दफा ३ मा उल्लेख भएबमोजिम माग प्रमाणीकरणको प्रकृया अपनाउनुपर्ने राष्ट्रहरुमा हाल साउदी अरेविया, कतार, कुवेत र संयुक्त अवर इमिरेट्स रहेको थियो ।
अब व्यक्तिगत श्रम स्वीकृति लिइ जान पाउने देशमा क्रोयसिया, अल्वानिया, पोल्याण्ड, स्लोभाकिया, हंगेरी, माल्दोभा र वेलारुस समेत थप भएका हुन् । यसरी श्रम स्वीकृती लिएर गएमा श्रमिकहरुलाई वैदेशिक रोजगारको नाममा हुने ठगी नियन्त्रण हुने मन्त्रालयले जनाएको छ ।

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया