साम्राज्ञीले खेल्ने भइन् ‘लन्डन टु पेरिस’ , बेलायत र पेरिसमा सुटिङ

काठमाडौँ - एबी इन्टरनेसनलले निर्माण गर्न लागेको फिल्म ‘लन्डन टु पेरिस’मा साम्राज्ञीराज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन् । निर्माण टिमले बेलायत र फ्रान्समा सुटिंग हुने फिल्मका लागि साम्राज्ञीलाई अनुबन्ध गरेको हो ।
एबी इन्टरनेसनलले विदेशमा एक साथ दुई फिल्मको सुटिंग गर्दैछ । त्योमध्ये एउटा फिल्ममा अनमोल केसी र सारा सिरपाइलीको जोडी रहनेछ । यही निर्माताको समूहले अर्को फिल्म बनाउन लागेको हो जसमा साम्राज्ञी खेल्ने तय भएको हो । यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गर्दैछन् । फिल्मको सुटिंग यही असारबाट सुरु गर्ने निर्माताको तयारी छ ।
एबी इन्टरनेसनलले विदेशी फिल्मको वितरणको काम पनि गरिरहेको छ । यही समूहले अक्षयकुमारको ‘बच्चन पाण्डे’ वितरण गरेको थियो । फिल्मलाई अमित बस्नेत,अजित थापा, परी राना, अंकित गौगम, सनिश खकुरेल र अजित सिंह मिलेर निर्माण गर्नेछन् । यही समूहले बनाएको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पर्खाइमा छ । पूजा शर्मा, आकाश श्रेष्ठको अभिनय रहेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया