गठबन्धन गर्न कांग्रेस सिन्धुपाल्चोकले बनायो दुई वटा वार्ता समिति

काठमाडौँ - सिन्धुपाल्चोक कांग्रेसले अन्य दलसँग स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल गर्न समिति बनाएको छ । आज चौतारामा बसेको जिल्ला कार्यसमितिको बैठकले दुई वटा समिति बनाएको हो ।
`एउटा उच्च स्तरीय समिति छ, एउटा जिल्ला स्तरीय समिति छ, जिल्ला सभापति जगंबहादुर लामाले भने ।
उच्च स्तरीय समितिमा कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, पूर्व केन्द्रीय सदस्य विष्णु विक्रम थापा, पूर्व जिल्ला सभापति विकास लामा, जिल्ला सभापति लामा रहेका छन् ।
यसैगरी जिल्ला स्तरीय नेताहरुसँग छलफल गर्न सभापति लामाको संयोजकत्वमा पदाधिकारीहरुसहित सभापतिका पतिस्पर्धी वंशलाल तामाङ समेत रहेका छन् । गठबन्धनका लागि सिन्धुपाल्चोक कांग्रेसले माओवादीसँग वार्ता पनि थालेको छ ।
सोमबार भएको वार्तामा नेकपा माओवादीले सिन्धुपाल्चोकमा गठबन्धन भए ५० प्रतिशत हिस्सा माओवादीलाई दिनुपर्ने माग राखेको थियो । कांग्रेसबाट वार्तामा रहेका कांग्रेस केन्द्रीय सदस्य बस्नेतले पार्टीभित्र छलफल गरेर फेरि बस्ने बताएका थिए ।
आज पुनः उनीहरुबीच वार्ता हुँदैछ । माओवादीका केन्द्रीय सदस्य माधव सापकोटा `सुबोध`ले सिन्धुपाल्चोकमा माओवादी कांग्रेसभन्दा कमजोर नरहेकाले ५० प्रतिशतको हिस्सा मागेको बताए ।
उनले भने, `यसअघि हामीले एमालेसँग पनि ५०/५० मै निर्वाचनमा भाग लिएका हौं, कांग्रेससँग पनि हामी सोही माग राख्दछौं` । कांग्रेस स्रोतले भने माओवादीलाई ५० प्रतिशत हिस्सा दिएर गठबन्धन गर्न नसकिने बताएको छ ।
यसैगरी जिल्ला कार्यसमितिको आजको बैठकबाट कांग्रेसले जिल्ला संसदीय समिति गठन गरेको छ । १३ जनाको जिल्ला संसदीय समितिमा पार्टी पदाधिकारी र ५ जना सदस्य रहेका छन् । यस्तै अनुशासन समिति र कार्यसम्पादन समिति पनि कांग्रेसले गठन गरेको छ ।
अनुशासन समिति उपसभापति टंक कार्कीको संयोजकत्वमा गठन भएको छ । गठन भएको छ । यस्तै ३० सदस्यीय कार्यसम्पादन समिति समेत गठन गरिएको छ । आउँदो निर्वाचनलाई ध्यानमा राख्दै कांग्रेसले ५०९ प्रचार प्रसार समिति गठन गरेको छ । प्रचार प्रसार समितिको संयोजकमा सहसचिव रमेशराज भण्डारी रहेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया