बारको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको अग्रता

काठमाडौं – कानुन व्यवसायीहरुको प्रतिनिधिमूलक संगठन नेपाल बार एसोसियसनको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको प्रारम्भिक चरणको मत गणनामा लोकतान्त्रिक गठबन्धनले अग्रता कायम गरेको छ ।
अहिले पाँच बजेसम्मको मत गणनाअनुसार लोकतान्त्रिक गठबन्धनतर्फका अध्यक्ष उम्मेदवार गोपालकृष्ण घिमिरेले पाँच सय १९ र प्रगतिशील खेमाका विश्वमणि अधिकारीले २६२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी लोकतान्त्रिक गठबन्धनतर्फका महासचिव अंजिता खनालले ४७१ मत र उनको प्रतिद्वन्द्वी प्रगतिशील समूहका केदार कोइरालाले ३११ मत प्राप्त गरेका छन् ।
बारको २५ सदस्यीय अन्य पदहरुमा पनि लोकतान्त्रिक गठबन्धन अग्रता कायम गरेको छ । निर्वाचनमा कूल ७ हजार चार सय ८४ मत खसेको थियो । बारको निर्वाचन गत शनिबार भएको थियो । अहिले मतगणना बारको केन्द्रीय कार्यालयमा जारी छ ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया