एनभिए भलिबल लिग वैशाख १८ देखि
काठमाडौँ – छैठौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग २०७८ वैशाख १८ देखि २४ गतेसम्म संचालन हुने भएको छ । आयोजक नेपाल भलिबल संघका अनुसार प्रतियोगिताको पुरुषतर्फ ७ तथा महिलातर्फ ५ टिमले सहभागिता जनाउने छन् ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लब, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, गलकोट स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस क्लब रहेका छन् ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड क्लब र बुटवलको एभरेष्ट भलिबल एकेडेमीको सहभागिता रहनेछ । प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाईने र अन्तिम दुईमा रहेका टिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ६ लाख प्राप्त गर्दा उपविजेताले ३ लाख पाउनेछन् । त्यसैगरी तेस्रो हुनेले १ लाख ५० हजार र चौथोले ७५ हजार रकम प्राप्त गर्ने छन् । महिला तथा पुरुषतर्फका उत्कृष्ट खेलाडीले ३५ हजार र व्यक्तिगत विधा तर्फका खेलाडीहरुले जनही १५ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित खर्च ५५ लाख रहेको आयोजकले जनाएको छ ।
यसैबीच प्रतियोगिताको लागि राष्ट्रिय वाणिज्य बैंकले च्याम्पियनशीपका लागि मुख्य प्रायोजकको रुपमा निरन्तरता दिएको छ । प्रायोजन सम्वन्धि सम्झौता पत्रमा नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्मा र वाणिज्य बैंकका तर्फबाट कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार वाणिज्य बैंकले १८ लाख प्रदान गर्नेछ ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया