सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न महन्थ ठाकुरको माग
नवलपरासी - लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । उनले उधारो आश्वासन नमान्ने भन्दै नगदमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन–५ गेरमीमा पार्टीको जिल्ला समितिले आज आयोजना गरेको जनसभामा उनले भने, `हाम्रा माग सम्बोधनका लागि सबै प्रधानमन्त्रीसँग सम्झौता भएको छ, वर्तमान सरकारसँग पनि सम्झौता कार्यान्वयनका लागि कुरा भइरहेको छ, सकारात्मक जवाफको प्रतीक्षामा छौँ, उधारो आश्वासन मान्दैनौँ ।`
मधेस आन्दोलनका क्रममा धेरै कार्यकर्तालाई झुटा मुद्दा लगाइएको भन्दै उनले भने, `ओली प्रधानमन्त्री हुँदा १३९ जना रिहा भएका थिए, बाँकीलाई पनि विनाशर्त रिहा गर्नुपर्छ, सम्झौता कार्यान्वयन नभएसम्म सङ्घर्ष जारी रहन्छ ।`
नेता ठाकुरले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै असन्तुष्टि जनाए ।
नागरिकता नहुँदा मधेसका हजारौँ नागरिकले समस्या भोगिरहेकाको भन्दै नागरिकता विधेयक छिटो अघि बढाउन उनले माग गरे ।
वरिष्ठ नेता राजेन्द्र महतोले मधेस र मधेसी नागरिकमाथि अझै पनि भेदभाव रहेको जिकिर गरे ।
मधेसका अधिकार प्राप्त नभएसम्म सङ्घर्ष जारी राख्नुको विकल्प नभएको उनले बताए । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया