भारतले दियो नेपाललाई ३७५ मेगावाट निर्यात गर्ने अनुमति [पत्रसहित]

काठमाडौं ः प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण लगत्तै भारतले नेपाललाई ३७५ मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको छ ।
प्रधानमन्त्री र देउवाको भ्रमण लगत्तै भारतले नेपाललाई यति धेरै परिमाणमा बिजुली निर्यात गर्ने अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । नेपालले वर्षायामअघि नै भारतले अनुमति दिनुपर्ने माग गरेको थियो ।
व्यापार विभागका निर्देशक अधिकारीका अनुसार भारतले कालीगण्डकी ‘ए’ (१४४ मेगावाट), लिखु–४ (५२.४ मेगावाट) मध्य मर्स्याङ्दी (७० मेगावाट), मर्स्याङ्दी (६९ मेगावाट) त्रिशुली र देवीघाट (३९ मेगावाट) गरी ३७५ मेगावाटको बिजुली निर्यात गर्ने अनुमति दिएको हो । नेपालदेखि सीमापारसम्म विद्युत प्रवाह गर्दा बाटाेमा ३ प्रतिशत प्राविधिक चुहावट हुने भएकाले खुद निर्यात भने २६४ मेगावाट मात्र हुनेछ । भारतकाे केन्द्रीय विद्युत प्राधिकरणले एनभीभीएन (भारतीय ऊर्जा दलाल कम्पनी) लाई लेखेकाे पत्रमा पनि ३ प्रतिशत प्राविधिक चुहावटकाे बन्दाेबस्त गरेकाे छ । एनभीभीएनले आज बुधबार प्राधिकरणलाई इमेल गरी ३७५ मेगावाटकाे बिजुली निर्यातसम्बन्धी अनुमति दिइएकाे जानकारी गराएकाे हाे ।
‘भारत सरकारको यो निर्णय नेपाल–भारत संयुक्त भिजन स्टेटमेन्टको बुँदा नंं ३.१ (सी) र बुँदा ६ को कार्यान्वयको सुरुवात हो,’ प्राधिकरणकाे विद्युत व्यापार विभागका निर्देशक अधिकारीले बुधबार इकागजसँग भने, ‘भारत सरकारको यो निर्णय स्वागतयोग्य कदम हो । यसबाट नेपालको जलविद्युत् विकासका लागि ढोका खोलेको छ र भारतीय विद्युत् बजार खुला भएको छ ।’
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतले नेपालको जगेडा बिजुली खरिद गर्ने, नेपालको बिजुली बंगलादेशसम्म जान दिने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) दु्रतगतिमा बनाउन निर्देशन दिने, जलस्रोत र जलबिद्युतका मामिलामा आपसी सम्मान र आपसी सहमति कायम गर्ने सहमति भएको थियो ।
यसअघि भारतले नेपाललाई उसैले निर्माण गरेका त्रिशुली र देवीघाट (कूल ३९ मेगावाट) को मात्र निर्यात अनुमति दिएको थियो । दुई वर्षअघिदेखि वर्षायाममा नेपालको बिजुली खपत हुन नसकी जगेडा रहँदै आएको थियो ।
गत फागुनमा सम्पन्न नेपाल भारत ऊर्जा सचिवस्तरीय नवौं ‘संयुक्त सञ्चालन समिति’ (जेएससी) को बैठकमा नेपालले वर्षायामअघि नै जगेडा बिजुली निर्यात गर्न औपचारिक रुपमै आग्रह गरेको थियो ।
उक्त बैठकमा भारतले वर्षायामअघि नै निर्णय गरिने प्रतिबद्धता जनाएको थियो । अब आउने वर्षयाममा करिब एक हजार मेगावाट विजुली जगेडा हुने देखिएको छ । यो वर्ष ७ सय मेगावाट खेर गएको थियो ।
र, याे पनि

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया