बिहारमा चुनावका कारण नेपाल-भारत सीमा बन्द

काठमाडौं : भारतको बिहारमा शनिबार हुने निर्वाचनका कारण विराटनगर जोगबनीसहित सीमा क्षेत्रमा आवातजावतमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार विधानसभा सदस्यको तेस्रोचरणको निर्वाचनलाई लक्षित सीमामा सरक्षा अवस्था कडाई बनाइएको हो ।
दुबै क्षेत्रमा आवातजावतमा कडाई गर्दै उच्च सतर्कता अपनाइएको उनले बताए। मोरङसँग जाेडिएकाे विहारको अररीया जिल्लामा पनि निर्वाचन हुने भएपछि शुक्रबारबाट नेपालतर्फ उच्च सतर्कता अपनाइएको हो ।
निर्वाचनका बेला घुसपैठ र अपराधिक घटना हुन नदिन र सहज आवतजावत गर्न नसकुन् भनेर सीमा क्षेत्रमा निगरानी बढाएर सुरक्षा कडाई गरिएको खड्काको भनाइ छ । यसका लागि भारतका सुरक्षा निकायले पटक पटक निर्वाचनका समयमा सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गर्न आग्रह गर्दै आएका छन्। हाल नेपालतर्फको भूभागमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षा प्रदान गरिरहेको छ ।
त्यसैगरि भारततर्फ पनि भारतीय सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएर कडाई गरिएको छ। निर्वाचन नसकिएसम्म भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रलाई नेपाली सुरक्षाकर्मीले उच्च निगरानीमा रहने प्रहरीको भनाइ छ ।

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

प्रतिक्रिया