बैंकहरूले प्रिपेड डलर कार्ड जारी गर्न सक्ने
५०० डलरसम्मको सटही जोसुकैले पाउने, निर्यात गर्नेलाई वार्षिक ५,००० डलरसम्मको सटही सुविधा

काठमाडौँः नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरू र राष्ट्रिय स्तरका विकास बैंकहरूलाई परिवर्त्य (कन्भर्टीबल) विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न अनुमति दिएको छ ।
वार्षिक अधिकतम ५०० अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न केन्द्रीय बैंकले अनुमति दिएको हो ।
ग्राहकको अनुरोधमा बैंकहरूले उक्त कार्डमा नेपाली मुद्रासँगको विनिमयदरका आधारमा ५०० अमेरिकी डलरसम्म जम्मा गरिदिन सक्छन् । उपभोक्ताले उक्त कार्ड प्रयोग गरी अनलाइनबाट वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् । यस्ता प्रिपेड कार्ड अनलाइनबाट वस्तु तथा सेवा खरिद गर्नेबाहेक अन्य पुँजीगत खर्चका लागि एटीएम वा प्वाइन्ट अन सेल (पीओएस) मा प्रयोग गर्न मिल्दैन ।
कार्ड प्रयोगकर्ताले अनलाइनमार्फत् विदेशमा सेवा निर्यात गरेर आर्जन गरेको रकम सोही कार्डमा जम्मा हुने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले कार्ड जारी गर्ने बैंकहरूलाई निर्देशन दिएको छ । निर्यातबाट प्राप्त आय उक्त रकम कार्ड होल्डरको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ ।
५,००० अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी परिवर्त्य मुद्राभन्दा बढी हुनेबित्तिकै अनिवार्य रूपमा बैंक खातामा जम्मा गर्नुपर्छ । यस्तो खाता ग्राहकको स्वेच्छामा विदेशी मुद्रामा पनि वा त्यसलाई सटही गरेर नेपाली मुद्राकै खातामा पनि हुनसक्छ ।
सेवा निर्यात गर्नेले आफूले सेवा निर्यात गरी कमाएको रकममा पाँच सय डलरसम्म सटही लिन सक्नेछन् । उदाहरणका लागि कसैले ३००० डलरको सेवा निर्यात गरेको छ भने सो वर्षमा उक्त व्यक्तिले ३,५०० डलर वा सो बराबरको परिवर्त्य मुद्राको सटही पाउँछ । तर यस्तो सटहीको सीमा वार्षिक अधिकतम ५,००० डलर वा सो बराबरको परिवर्त्य मुद्राभन्दा बढी नपाउने नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया