पीपीए हुँदैन भन्दाभन्दै अब खुलाउने

काठमाडौँ - गत सोमबार हिमालयन हाइड्रो एक्स्पोको समापनमा ऊर्जा जलस्रोत तथा सिंचाईंमन्त्री पम्फा भुसालले हाललाई 'रन अफ रिभर' (आरओआर) को कोटा सकिएको हुँदा आरओआरका लागि विद्युत खरिद सम्झौता (पीपीए) नहुने भनेर झन्डै आधा घण्टा लामो भाषण दिइन् ।
मन्त्री भुसालले आरओआरको सबै कोटा सकिएको र हाललाई यसको पीपीए पनि हुन नसक्ने बताइन् । तर, बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भुषाल आफ्नो बाेली फेरिन् । र भनिन् १० वर्षमा १५ हजार मेगावाटको लक्ष्य पूरा गर्नुपर्ने भएकाले अब पीपीए खुल्छ ।
मन्त्री भुसालले भारतमा बिजुली निर्यात हुने सुनिश्चित भएपछि आरओआरको पीपीए खुल्ला हुने बताएकी छन् । 'भारतले बिजुली किने प्रतिबद्धता जनाएकाले हामीले अब क्रमश पीपीए खुल्ला गर्ने सोचेका छौ,' मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले भनिन्, 'भारतमात्र नभए बीबीआईएन (बंगलादेश, भुटान, भारत, नेपाल) अन्तर्गतको बंगलादेश समेत बिजुली निर्यात गर्ने हाम्रो तयारी छ।'
भारतले नेपालका ६ वटा जलविद्युत केन्द्रका ३७५ मेगावाट बिजुली निर्यात गर्न नेपाललाई बुधबार अनुमति दिएपछि मन्त्री भुसालको बाेली फेरिएके हो ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सहमति बमोजिम नेपालले भारतीय विद्युत बजारमा थप ३ सय २५ मेगावट विद्युत बिक्री गर्न स्वीकृति भएको जानकारी दिइन् । मन्त्री भुसालले नेपालमा उत्पादित विद्युत अन्य देशमा समेत विक्री गर्न सक्ने बाटो खुल्ला भएको बताइन् ।
सरकारले विद्युत बजार विस्तारको लागि भारत, बंगलादेश, भुटान र नेपालमा उत्पादन, ट्रान्समिसन लाइन र क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण गर्ने बाटो खुल्ला भएको दाबी समेत उनले गरिन् । नेपालले आन्तरिक खपत पुरा गरेपछि बाँकी रहेको विद्युत भारतीय बजारमा जाने र अरु देशमा पनि विद्युत निर्यात गर्न सक्ने गरी बजारको ढोका खुलेको उल्लेख गरिन्।
मन्त्री भुसालले यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज आइएम्समा बिक्री गर्न स्वीकृति दिएकोमा अहिले थप ३२५ गरी जम्मा ३७४ मेगावट भारतमा बिक्रीको अनुमति पाएको बताइन् ।
त्यस्तै ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देबेन्द्र कार्कीले नयाँ प्रसारण लाइन बनाउने बिषयमा समेत भारतसँग सहमति भएको जानकारी दिए । 'आरओआर आयोजनाले बर्खामा विजुली उत्पादन गर्ने तर,हिउँदमा निकै नै कम विजुली उत्पादन गर्छन् । अहिले बर्खामा नेपालको मागभन्दा बढी विजुली उत्पादन हुन्छ भने हिउँदमा कम हुन्छ,' कार्कीले भने । भारत सरकारले ३ सय ७४ मेगावाट बाहेक थप बिजुली चासो राखेको पनि कार्कीले बताए।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुले राजनीतिक कुरा गरिरहेको आरोप लगाएका छन् । घिसिङले भारतबाट विद्युत आयातमा उत्पन्न समस्याले केही दिन बिजुली आपूर्तिमा देखिएको समस्यालाई देखाएर उद्योगीहरुले राजनीतिक ढंगले प्राधिकरणप्रति गुनासो राखेको बताए।
'निजी क्षेत्रले बिजुली नपाएको भनेर गरिएको प्रचारबाजी पूर्णतया राजनीतिक कुरामात्रै भएको हो । केही दिन परेको संकटलाई देखाएर उद्योगीहरुले आफ्नो विरोध गरेका छन् जुन पूर्णतया गलत छ' घिसिङले भने।
'केही समयलाई हामीलाई समस्या परेको छ, भारतबाट ३८ रूपैयाँसम्म बिजुली किनेर ल्याएको भनेर प्रचार तथा दैनिक १५ अर्बको आयात लगायतका कुरा पनि मिडियामा आए' घिसिङले भने, 'यो बर्ष हालसम्म जम्मा ९ अर्ब बराबरको विद्युत आयात भएको र अब १ अर्बको जति आयात हुँदा १० अर्ब रुपैयाँ मात्र पुग्नेछ ।'

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया