शहीद स्मारक ‘सी’ डिभिजन लिग : चर्च ब्वाइज लगातार विजयी

काठमाडौँ : शहीद स्मारक ‘सी’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड लगातार तेस्रो खेलमा विजयी भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा चर्च ब्वाइजले स्वयम्भू क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै समूह ’बी’ मा रहेको चर्च ब्वाइजले तीन खेलमा नौ अङ्क जोडेको छ । स्वयम्भूको यो दोस्रो हार हो । स्वयम्भूले तीन खेलमा तीन अङ्क मात्र जोडेको छ ।
झापाको पहिलो जीत
सातदोबाटोमै आइतबार सम्पन्न अर्को खेलमा झापा एफसीले पहिलो जीत निकालेको छ । झापाले समाज कल्याण खेलकूद केन्द्रलाई २–० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै झापाले तीन खेलमा तीन अङ्क जोडेको छ । झापाले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो । यस्तै समाज कल्याणले तीन खेलमा ६ अङ्क जोडेको छ । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

प्रतिक्रिया