‘व्यक्तिगत स्वार्थका लागि गल्ती नगरौँ’

काभ्रे - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले व्यक्तिगत स्वार्थका लागि जानेर कसैले गल्ती नगर्न आग्रह गरेका छन् ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ श्रीखण्डपुरमा आज आयोजित कार्यक्रममा उनले अञ्जानमा गरेको गल्तीले माफी पाउनसक्ने भए पनि जानाजान गरेको गल्तीबाट कसैले माफी पाउन नसक्ने बताए ।
ठूलो र सानो भनेर भेदभाव नगरी मानवीय सम्मान गर्ने बानीको विकास गर्न उनले सबैमा आग्रह गरे । समाजले साना, कमजोर र अशक्तलाई माया गर्ने संस्कार अझै विकास गर्न सकेको खण्डमा मात्रै जीवन सार्थक हुने भएकाले त्यसतर्फ ध्यान जान आवश्यक रहेको उनको भनाइ छ ।
अध्यक्ष तिमल्सिनाले निशेषानन्द महाराजले पवित्र ग्रन्थ श्रीमतभागवत दिग्दर्शन पुस्तकको सरल भाषामा लेखनकार्य गरेर सह्रानीय काम गरेको बताएका छन् ।
कार्यक्रममा पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले पनौतीको वडा नं ५ मा निर्माण गरिरहेको विन्ध्यावासिनी मन्दिरको सम्पूर्ण जिम्मेवारी र रक्षाको काममा नगरपालिकाले जिम्मा लिने बताए ।

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया