समाज सेवालाई हराउँदै केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको पोल्टामा भलिबलको उपाधि

मकवानपुर- बारा जिल्लामा भएको पाँचौ नकआउट भलिबल प्रतियोगिताको उपाधि मकवानपुरको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले जितेको छ । बुधबार बाराको कोहल्वीमा भएको फाइनल खेलमा स्थानीय समाज सेवा युवा क्लबलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।
बाराको कोहल्वीस्थित जनजागृति महिला तथा पुरुष उत्थान केन्द्रको आयोजना तथा कोहल्वी नगरपालिकाको आर्थिक सहयोगमा भलिबल प्रतियोगिताको भएको हो । फाइनल खेलको पहिलो सेट १७–२५ ले गुमाएको प्रतिष्ठानले दोस्रो सेटमा २८–२६ को प्रतिस्पर्धात्मक नजिता निकालेको थियो । तेस्रो सेट २५–१९ ले जित्दै २–१ ले खेल आफ्नो पक्षमा पारे पनि चौथो सेट प्रतिस्पर्धात्मक २६–२८ ले हार्न पुग्यो । २–२ को बराबरीमा पुगेपछि अन्तिम सेट प्रतिष्ठानले १५–९ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको प्रतिष्ठानका महासचिव वसन्त कुमार सिटौलाले जानकारी दिए ।
उपाधिसँगै केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले एक लाख रुपैयाँ नगद हात पारेको छ भने दोस्रो हुने समाज सेवा युवा क्लबले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा प्रतिष्ठानका अशोक श्रेष्ठ उत्कृष्ट खेलाडी, विवश आले उत्कृष्ट सेटर घोषित हुँदा समाज सेवा युवा क्लबका सुरेन्द्र गुराउ उत्कृष्ट स्पाइकर घोषित भए ।
प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो ।

बाटोमा चिप्लिएर दुई जनाको मृत्यु

व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

प्रतिक्रिया