प्रथम सहिद स्मृति कपको उपाधि हिमालयन ह्वाइट हाउसलाई

काठमाडौँ - प्रथम सहिद स्मृति कप अन्तर विद्यालय/कलेज स्तरीय फुट्सल प्रतियोगिको उपाधि हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले जितेको छ । उपाधि विजेता हिमालयन ह्वाइट हाउस कलेजले ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगितामा ग्रिनविच एकाडेमी कलेज दोस्रो भयो भने बानेश्वर बहुमुखी क्याम्पस तेस्रो भयो । उनीहरूले क्रमस: ३३ र २० हजार नगद पुरस्कार पाए ।
प्रतियोगितामा बेस्ट प्लेयर ह्वाइट हाउसका स्वयम् श्रेष्ठले तीन हजार नगद, बेस्ट गोलकिपर हिमालयनकै नवीन सिवाकोटी र हाइएस्ट स्कोरर बानेश्वर महुमुखीका मिग्मा लामाले समान तीन/तीन हजार पुरस्कार पाए ।
फाइनल खेलका मेन अफ दि म्याच ग्रिनविच एकाडेमीका मिलन खत्रीले पनि तीन हजार पुरस्कार पाए ।
अनेरास्ववियू(क्रान्तिकारी ) काठमाडौं महानगर समितिको आयोजना भएको प्रतियोगितामा काठमाडौँभित्र र बाहिरका गरी २० वटा कलेजको सहभागिता थियो ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया