डच टिममा फर्किए स्टेक्लेनबर्ग, लक्ष्य फेरि विश्वकप नै

काठमाडौँ : नेदरल्यान्डस् यस साताबाट फेरि विश्वकप छनौटमा व्यस्त रहनेछ । राष्ट्रिय टिमका लागि डाकिएका खेलाडीहरू सोमबार भेला हुनेछन् । विश्वकप छनौटमा समूह जीमा रहेको नेदरल्यान्डस् बुधबार टर्कीको सामना गर्नेछ ।
राष्ट्रिय टिमको अभ्यासमा डच खेलाडी जम्मा हुँदै गर्दा, मार्टिन स्टेक्लेनबर्ग पनि त्यस टोलीमा सामेल हुनेछन् । सन् २०१० विश्वकपको फाइनलमा नेदरल्यान्डस् पुग्दा महत्वपूर्ण खेलाडी रहेका स्टेक्लेनबर्ग डच टिममा फर्केका छन् । नेदरल्यान्डस्लाई विश्वकपमा छनौटमा सफल बनाउने उदेश्य बोकेर ।
स्टेक्लेनबर्ग ३८ वर्ष पुगिसकेका छन् । यद्यपि उमेरले स्टेक्लेनबर्गलाई फुटबलबाट टाढा लग्न सकेको छैन । पाका गोलरक्षक स्टेक्लेनबर्ग हाल डच क्लब आयाक्ससँग छन् । केही वर्ष इंगल्यान्डका क्लबहरुसँग रही घर फर्केका स्टेक्लेनबर्ग हाल आयाक्सका प्रमुख गोलरक्षक हुन् । उनको आयाक्समा देखाएको लयलाई मध्यनजर गर्दै डच प्रशिक्षक फ्रान्क डे बोरले टर्की, लाट्भिया र गिब्ररलटारसँगको खेलका लागि स्टेक्लेनबर्गलाई टिममा समावेश गरेका हुन् ।
नेदरल्यान्डस् पछिल्ला विश्वकप र युरो कपमा छनौट हुन सकेन । लगातारको कमजोर प्रदर्शनका कारण विश्वकप र महादेशिय प्रतियोगितामा छनौट हुन नसकेकाले नेदरल्यान्डस्लाई विशव फुटबलको पावरहाउस मान्न छाडिएको छ । त्यसकारण आउँदा विश्वपकप र युरोमा छनौट हुने, र उपाधि दाबेदारका रुपमा प्रस्तुत भई नेदरल्यान्डस् इज्जत फर्काउने दाउँमा छ । त्यसका लागि डच टिमलाई स्टेक्लेनबर्गको सहयोग चाहिएको देखिएको छ ।
स्टेक्लेनबर्ग सन् २०१६ पछि पहिलो पटक डच टिममा बोलाइएका हुन् । राष्ट्रिय टिमका लागि ५८ क्याप जितेका स्टेक्लेनबर्ग बोलाइनुका कारण उनले आयाक्समा गरेको प्रदर्शन पनि एक कारण हो । उनको अनुभव त छदैँछ । गत जुनमा आयाक्स आएका स्टेक्लेनबर्गलाई आन्दै ओनानाको डेपुटीका रुपमा छानिएको थियो ।
तर ओनाना गत फ्रेबुअरीमा प्रतिबन्धमा परेपछि स्टेक्लेनबर्ग आयाक्सको प्रमुख रोजाईको गोलरक्षकमा बढुवा भए । ‘आयाक्समा म दोस्रो रोजाईको गोलरक्षकका रुपमा आएको थिए । अहिले भूमिका परिवर्तन भयो । फुटबलमा खेलाडी जुनसुकै अवस्थाका लागि पनि तयार रहनुपर्छ,’ गत साता एक अन्तवार्तामा स्टेक्लेनबर्गले भनेका थिए । दुई महिनापछि स्टेक्लेनबर्ग डच टिममा समेत फर्केका छन् । ‘अहिलेका लागि उनलाई विश्वकप छनौट खेलहरुका लागि बोलाइएको हो । उनले १० दिनमा कस्तो खेल्छन्, हेर्नुछ । त्यसपछि युरो र विश्वकपका लागि तयारी हुनेछ,’ डे बोरले भने ।
डे बोरले सन् २०११ मा डच लिग जित्दा स्टेक्लेनबर्ग आयाक्सका मुख्य खेलाडीमध्येका एक थिए । त्यसपछि स्टेक्लेनबर्ग इटाली पुगे । स्टेक्लेनबर्गले फुलहम, साउथह्याम्पटन, मोनाको र एभरटनको जर्सी पनि लगाउन भ्याए । स्टेक्लेनबर्ग डच टिममा फर्के पनि उनी इस्तानबुलमा उनी पहिलो एघारमा हुनेछैनन् । उनी भन्दा अगाडि जास्पर सिलेसन र टिम क्रुल रहेका छन् । तर लाटभिया र गिब्रालटारसँगको खेलमा भने उनले मौका पाउने सम्भावना बलियो छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया