संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादीमा समाहित

काठमाडौँ - नेकपा(क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा(एकीकृत समाजवादी)मा समाहित भएको छ ।
नेकपा(क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा(एकीकृत समाजवादी)मा समाहित भएको हो ।
बिहीबार नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारीसहित दजनौँलाई एकीकृत समाजवादीमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्दै मोर्चाका अध्यक्ष भण्डारीले आफूहरुको तत्कालीन पार्टीले निर्वाचनलाई बहिष्कार, उपयोग र फेरी बहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले सो पार्टी परित्याग गरि संयुक्त समाजवादी मोर्चा गठन गरिएकोमा एकीकृत समाजवादीसँग आफुहरु सिद्धान्त मिलेकाले प्रवेश गरिएको बताए ।
एकीकृत समाजवादीको शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अघि बढ्ने लक्ष्यमा आफुहरुको योगदान हुने उनले बताए ।
उनले भने, – ‘हामीले शान्तिपूर्ण रुपले गर्ने क्रान्तिको मात्र वकालत ग¥यौँ । हामीले के भनेका छौँ भने क्रान्ति शान्तिपूर्ण रुपले गर्ने हो । हामीले जुन निष्कर्ष निकाल्यौँ त्यहाँ नेकपा(एकीकृत समाजवादी)को विचारसँग हामीले आफूलाई नजिक पायौँ र आज हामी यो ठाउँमा छौँ । हामी के प्रतिबद्धता यहाँ व्यक्त गर्न चाहान्छौँ भने नेकपा(एकीकृत समाजवादी)ले जुन शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अगाडि बढ्ने लक्ष्य राखेको छ । जुन बाटो कोरेको छ । त्यो बाटोमा हामी एउटा पाइला बन्न सकौँ । त्यो घर निर्माण गर्ने जुन लक्ष्य राखेको छ त्यो घरमा हामी एउटा इट्टा बन्न सकौँ । हामी यो प्रतिवद्धता यहाँ व्यक्त गर्न चाहान्छौँ ।’
उनले आफ्नो मोर्चामार्फत देशभरका ३५ वर्ष मुनिका २ सयभन्दा बढी नेता, कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया