गोदावरी नगरपालिका अत्तरियाको प्रमुखमा ९ जनाकाे दाबी

कैलाली - नेकपा एमालेको तर्फबाट गोदावरी नगरपालिका अत्तरियाको प्रमुखमा ९ जनाले दाबी गरेका छन् । अत्तरियामा आज बसेको नगर कमिटीको बैठकमा उनीहरुले आसन्न स्थानीय निर्वाचनका लागि प्रमुखमा आआफ्नो दाबी पेश गरेका हुन् ।
हालका नगरप्रमुख हरि सिँ साउद, नगर कमिटी अध्यक्ष गोकर्ण भट्ट , प्रदेश कमिटी सदस्य मान बहादुर रावल, दामोदर रिजाल, जिल्ला कमिटी सदस्य गणेश जिमी साउँद, आनन्द भट्ट, तिर्थराज ओझा, नरेन्द्र शर्मा र बाजि बिकले गोदावरी नगरपालिकालेको प्रमुखमा दाबी पेश गरेका हुन् ।
त्यस्तै नगर उपप्रमुखमा भने तीन जनाले मात्रै दाबी पेश गरेका छन् । यसरी दाबी पेश गर्नेहरुमा सारदा रोकाया, रत्ना कुँवर जोशी र गंगा चौधरी रहेका छन् । यसअघि साउदले मेयरमा ९ हजार ८७० मत प्राप्त गरि विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका वीरेन्द्र भट्टले ८ हजार ४५७ मत ल्याएका थिए ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया