सभामुख सापकोटाले गरे सात करोड लागतको बुद्धपार्कको उद्घाटन

सिन्धुपाल्चोक - सभामुख अग्निप्रसाद सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका–६ मा नवनिर्मित भ्यूटावरसहितको बुद्धपार्कको आज उद्घाटन गरेका छन् ।
सापकोटाले आज ६७ फिट अग्लो बुद्धको प्रतिमाको अनावरण गरेका हुन् । नगरपालिकाले गौरवको आयोजनाका रुपमा थालनी गरेको बुद्धपार्क दारेगौरा भिरमा अवस्थित छ । उनले भ्यूटावरसहितको बुद्धपार्कले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताए ।
समुद्री सतहबाट करिब एक हजार ७०० मिटरको उचाइमा रहेको बुद्धपार्कबाट उत्तरको जुगल हिमशृङ्खला, गौरीशङ्कर हिमालको अवलोकन गर्न सकिन्छ भने पूर्वी क्षेत्रका मुडेलगायत अधिकांश भूभाग अवलोकन गर्न सकिन्छ । त्यस्तै दक्षिणतर्फका धुलिखेल र नगरकोटलगायतको भूभागको दृश्य अवलोकन गर्न सकिन्छ ।
जिल्लाकै प्रख्यात भीमेश्वर मन्दिरबाट एक किलोमिटर मात्र पर रहेको बुद्धपार्क धार्मिक पर्यटनको केन्द्र बन्ने विश्वास नगरपालिकाले लिएको छ ।
साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिङ तामाङले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीयको आयस्रोतमा वृद्धि गरी सिङ्गो नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बुद्धपार्कको निर्माण गरिएको बताए ।
सदरमुकाम चौताराबाट तीन किलोमिटर दुरीमा रहेको बुद्धपार्क पुग्नका लागि नगरपालिकाले वैकल्पिक पदमार्गका रूपमा निर्माण गर्दै गरेको हजार सिंढीको कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
नगरपालिकाको आन्तरिक स्रोतमार्फत सात करोड ६७ लाखको लागतमा बुद्धपार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया