ओली सरकारले टावर बनाउने र प्रधानमन्त्री स्वरोजगार कोषमार्फत जथाभावी पैसा खर्च गर्यो: प्रदीप पौडेल

स्याङ्जा - नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक देश बनाउने कुनै पनि योजना नल्याएको दाबी गरेका छन्।
स्याङ्जाको चापाकोट नगर कार्यसमितिले बिहीबार ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रम सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक देश बनाउने कुनै पनि योजना नल्याएको दाबी गरेका हुन्।
कम्युनिष्ट पार्टीका कार्यकर्ता पाल्नका निम्ति राज्यको कोष दोहान गरिएको आरोप लगाउँदै पौडेलले ओलीको शासनकालमा टावर बनाउने र प्रधानमन्त्री स्वरोजगार कोषमार्फत् जथाभावी पैसा खर्च गर्नबाहेकको काम नभएको जिकिर गरे।
‘ओली कालमा भएको यो दुईवटा काम मात्रै हो। टावर बनाउने र प्रधानमन्त्री स्वरोजगार कोषमा जथाभावी पैसा खर्च गर्ने,’ उनले भने, ‘उहाँले अरु कुनै नयाँ कुरा दिएर देश बनाउने गरी योजना ल्याउनुनै भएन।’
टावर मोडेलको विकास भ्रष्टाचार बढाउने माध्यम बनेको नेता पौडेलको भनाइ थियो। ‘नेपाल डाँडैडाँडाको देश हो। प्रकृतिले हामीलाई अलरेडी टावर दिएको छ,’ उनले भने, ‘त्योमाथि ठड्याइएका ओलीका कृतिम टावरले भ्रष्टाचार बढायो। परनिर्भता बढायो। टावर मोडेलको विकास भ्रष्टाचार बढाउने एउटा माध्यम बन्यो।’
वडादेखि केन्द्रसम्म टावर बनाएर ओली सरकारको पालामा अनुत्पादक ठाउँमा लगानी गरिएको पौडेलले बताए।
‘टावर मोडल ठीक होइन, यसले भ्रष्टाचार बढायो। कार्यकर्ता पोस्न मात्र यसो गरिएको थियो,’ उनले भने।
प्रधानमन्त्री स्वरोजगार कोषले नेपाली जनतालाई अल्छी बनाएको पौडेलले बताए। ‘स्वरोजगार कोषले जनता अल्छी बनायो। राज्यको अर्बौ रकम अनुत्पादक ठाउँमा खर्च भयो,’ उनले भने।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया