आईपीएल : दिल्लीमाथि लखनऊको जित

काठमाडौं - दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले जित निकालेको छ ।
बिहीबार दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्याे । लखनउको जितमा क्विन्टन डी ककले सर्वाधिक ८० बनाए । यस्तै कप्तान केएल राहुलले २४ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १४९ रनको योगफल तयार पारेकाे थियाे । दिल्लीका पृथ्वी शले सर्वाधिक ६१ रन बनाए । यस्तै ऋषव पन्तले ३९ र सर्फराज खानले ३६ रनको योगदान गरे ।
जितसँगै लखनउले ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । दिल्ली ३ खेलबाट २ अंक जोडेर सातौं स्थानमा छ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_w9YBk6jy3L_yadiuygr6jffhpid7e2vtzwvb1khtzld9kzj9rhoolctqwlknikkdtbgueih.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया